बैंक तथा वित्तीय प्रणाली प्रति भ्रामक समाचार सम्प्रेषण नगर्न संचार माध्यमंलाई राष्ट्र बैंकको आग्रह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 21, 2017 | 12:31:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले  विभिन्न सञ्चार माध्यमहरुमा बैकिङ्ग प्रणाली प्रति नकारात्मक सन्देश प्रवाह हुने गरी समाचार सम्प्रेषण भएको कार्यप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।  हालका दिनहरुमा केही व्यक्तिहरुको समूहले बैंक तथा वित्तीय संस्थामा अभद्र व्यवहार देखाई नारावाजी तथा हुलहुज्जत गरी बैकिङ्ग प्रणालीको अवमूल्यन हुने कार्य भएको र ती कार्यहरु समेत विभिन्न सञ्चार माध्यमहरुमा बैकिङ्ग प्रणाली प्रति नकारात्मक सन्देश प्रवाह हुने गरी समाचार सम्प्रेषण भएको यस्तो कार्यप्रति नेपाल राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

राष्ट्र बैंकले एक बिज्ञप्ति जारी गर्दै समग्र बैकिङ्ग प्रणालीको संरक्षण र सम्वर्धन गर्दै सर्वसाधारण निक्षेपकर्ता लगायत सरोकारवाला पक्षको हितको संरक्षण गर्ने कार्यलाई बैंकले उच्च प्राथमिकता दिइ कार्य गरिरहेको परिप्रेक्षमा बैंक तथा वित्तीय प्रणाली प्रति भ्रामक समाचार सम्प्रेषण नगर्न संचार माध्यमंलाई अनुरोध गरेको छ ।


यस्तो छ बैंकको बिज्ञप्ति । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved