खारेजी प्रक्रियामा रहेको सम्झना फाइनान्सले आफ्नो नाममा रहेको ३७६ कित्ता शेयर लिलाम गर्ने भएको छ । कमानीले लुम्बिनी विकास बैंकको नाममा रहेको २३८ कित्ता सर्वसाधारण शेयर र एनआईसी एसिया बैंकको नाममा रहेको १३८ कित्ता सर्वसाधारण शेयर लिलाम गर्न लागेको हो ।
यी शेयर खरिद गर्न चाहने इच्छुक इच्छुक, व्यक्ति वा संस्थाले माघ १० गते भित्र बोलपत्र आवेदन पेश गर्नु पर्ने कम्पनीले जनाएको छ । उच्च अदालत पाटनको आदेश अनुसार कम्पनी खारेजीमा जान लागेको हो ।