नक्सालमा सुजुकीको शोरुम शुभारम्भ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2019 | 05:51:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा  सुजुकी फोर ह्वीलर्स नेपालले काठमान्डूको नक्सालमा आधिकारिक शोरुमको शुभारम्भ गरेको छ।

४ हजार ५५४ स्क्वायर फिट क्षेत्रमा फैलिएको शोरुमको उद्घाटन किन्जी साइतो, शुजुकी मोटर कर्पोरेशन, जापानका प्रबन्ध अधिकारी तथा सिजि होल्डिङ्गसका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले सामूहिक रुपमा गरे।    

शोरुममा अत्याधुनिक ग्राहक लन्ज, मिटिङ्ग एसिया, एक्स्चेन्ज सुविधा तथा फाइनान्स सुविधाका लागि पर्याप्त क्षेत्र रहेको छ। यस शोरुममा हालै बजारमा आएको स्मार्ट हाइब्रिड गाडीका रेन्जहरु उपलब्ध छन् । 

यो सुजुकीको यो ३७ औं आउटलेट हो। यहाँबाट सेल्स, सर्भिस र स्पेयरपार्ट सम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिएको छ । ग्राहकको सहजताको लागि  शोरुमले उत्कृष्ट सेवा प्रदान गर्ने सिजि मोटोकर्पका विजिनेस शाखा प्रमुख सिरज पन्तले बताए। 

सिजि मोटोकर्पले स्थापना गरेको नक्सालस्थित आउटलेटमा उपलब्ध भएका अत्याधुनिक सुविधाहरुले सेल्स तथा सेल्स सम्बन्धी चरणको एक नयाँ अध्याय स्थापना गर्ने विश्वास लिइएको कम्पनीका कार्यकारी निर्देशक करण चौधरीले बताए। नेपालमा सुजुकीको ३७ स्थानमा सेल्स आउटलेटहरु, ३९ स्थानमा सर्भिस सेन्टरहरु तथा ३५० भन्दा बढी मोटर्स पार्टस् आउटलेटहरु रहेको छन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved