नाडा प्रतिनिधिले अर्थमन्त्रीलाई भने, ‘व्यापार सुस्तायो मन्त्री ज्यू’

अर्थमन्त्रीको जवाफ, ‘डाउनपेमेन्टमा पुर्नविचार गर्छौ’
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2020 | 06:08:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनले राष्ट्र बैंकले सवारी कर्जामा कडाइ गरेपछि व्यापार घटेको गुनासो गरेका छन् । अटो व्यवसायीहरूले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर व्यवसाय कमजाृर बन्दै गएको गुनासो गरेका हुन् । 

बुधबार अर्थ मन्त्रालयमै पुगेर नाडा पदाधिकारीहरूले अर्थमन्त्री खतिवडालाई सरकारी नीतिका कारण अटो बजार सुस्ताएको गुनासो गरेका हुन् । नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले बैंक कर्जा, डाउन पेमेन्ट र भन्सार दरका कारण व्यवसाय घटेको जानकारी गराए । भेटमा अर्थमन्त्री खतिवडाले बैंक कर्जा सुधार गर्ने र भन्सार दरमाको समस्या समेत समाधान गर्ने आश्वासन दिएको नाडा अध्यक्ष दुलालले बताए । 

राष्ट्र बैंकले हायर पर्चेजमा ऋण लिने व्यक्तिको कर चुक्ता भएको आम्दानीको ५० प्रतिशतभन्दा बढी नहुने गरी कर्जाको किस्ता व्यवस्थापन गर्न बैंकहरूलाई निर्देशन दिएपछि अटो व्यवसाय २० प्रतिशतले घटेको व्यवसायीले बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved