एक्जीम कोड नविकरण गर्ने म्याद असोज मसान्तसम्म कायम गर्न नाडाको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 06:34:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स डिलर्स एशोसिएशनले एक्जीम कोड नविकरणको म्याद थप गर्न अनुरोध गरेको छ । नाडाका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य कृष्णप्रसाद दुलालले भन्सार विभागका महानिर्देशक सुमन दाहाललाई भेटी एक्जीम कोड नविकरणको म्याद थप गर्न अनुरोध गरेका हुन् । 

अध्यक्ष दुलालले एक्जीम कोड नविकरणको म्याद २०७७ साल असोज मसान्तसम्मका लागि थप गर्न अनुरोध गरेका छन् । नेपालमा ३० हजार व्यावसायीक कम्पनीहरु एक्जीम कोडमा दर्ता रहेको र हालसम्म पनि लकडाउन कायम रहेको, सडकमा जोड विजोड प्रणालीमार्फत नीजि सवारी साधन सञ्चालनमा रहेको, सर्वोच्च अदालतले जिरो आवरको घोषणा गरेको स्थितिमा सो नविकरण गर्ने कम्पनीहरु १ हजार ५ सयको सख्यामा मात्र रहेको भन्दै नाडाले जनाएको छ । सबै कम्पनीहरुले निर्धारित समयवधि भित्र नविकरण गर्न नसक्ने अवस्था रहेकोले नविकरणको म्याद थप गर्न नाडाले अनुरोध गरेको हो । 

एक्जीम कोड नविकरण गर्ने म्याद २०७७ आषाढ मसान्तसम्म मात्र छ । उक्त छलफलमा दुलाल लगायत नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा रोजगार दाता समितिका उप सभापति भरतराज आचायर्, नाडाका सचिव सुरेन्द्र प्रधान तथा नेपाल उद्योग वाणिज्य महासंघका अधिकृत लोकराज जोशी समेत सहभागी थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved