नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्सलाइृ उडानमा रोक लगाएको छ । जहाजका पार्टपूर्जामा सुरक्षा खतरा देखिएपछि तत्काल सिम्रिकका जहाज नउडाउन प्राधिकरणले निर्देशन दिएको हो ।
प्राधिकरणले आइतबार र सोमबार सिम्रिकको जहाजको जाँच गरेको थियो । सिम्रिकसँग अहिले ४ वटा जहाज छन् ।