मन्थली एयरपोर्ट क्षेत्रीय स्तरको बन्दै, ३ सय मिटर क्षेत्रफल थपिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2019 | 02:34:29 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको सदरमुकाम मन्थलीस्थित विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थलमा स्तरोन्नति गर्ने योजना अघि बढेको छ । नागरिक उड्डयन प्राधिकरणले यसका लागि प्रारम्भिक अध्ययन सुरु गरिसकेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगश भट्टराई १ सय काम गर्ने भन्दै सार्वजनिक गरेको एक वर्षे कार्ययोजनामा मन्थली विमानस्थलको सुधार स्तरोन्नति समेत परेको थियो । वि.सं. २०३५ सालमा निर्माण भएको उक्त विमानस्थलको धावनमार्ग छोटो भएकाले त्यसलाई विस्तार गर्न जग्गा अधिग्रहणको प्रक्रिया पनि सुरु गरिएको प्राधिकरणले जनाएको छ । 

हाल उक्त विमानस्थलको धावनमार्ग ५३० मिटर लामो छ । अब विस्तार गर्दा उत्तरतर्फ २ सय मिटर र दक्षिणतर्फ १ सय मिटर बढाउने प्राधिकरणको योजना छ । विस्तारका लागि प्रस्तावित क्षेत्रमा पर्ने उत्तरतर्फको जग्गा व्यक्तिगत आबादी र दक्षिणतर्फको भने तामाकोशीको बगर हो । 

उत्तर र दक्षिण तिर गरेर ३ सय मिटर विस्तार गर्दा समेत उक्त विमानस्थलमा ठूला जहजा भने अवतरण गर्न नसकिने प्राविधिकहरुको भनाई छ । डोर्नियर, ट्वीनअटर र लेट विमानले मात्रै मन्थली विमानस्थलमा उडान र अवतरण गर्न सक्ने छन् । तर विमानस्थल विस्तार गर्दा विमानको अवतरण र उडानमा भने सहजता आउने प्राविधिकहरुको बुझाई छ । 

सो एयरपोर्टमा हाल अतिआवश्यक पर्ने प्रहरी पोष्ट, सुरक्षा पोस्ट, एक्सरे,एक्ट्रा टर्मिनल भवन,यात्रु प्रतीक्षालय, ट्याक्सी वे, पार्किङ, शौचालय जस्ता सामान्य पूर्वाधार समेत छैनन । यी पूर्वाधारको विकास अबको एयरपोर्ट विस्तारमा समावेश गर्नुपर्ने स्थानीय सरोकारवालाको माग छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved