लघुवित्तले पनि सर्वसाधारणबाट निक्षेप संकलन गर्न पाउने, ९ मापदण्ड पुरा गर्नुपर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 15, 2017 | 06:59:03 AM मा प्रकाशित

laxmi  sunrise bank

खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरुले सर्वसाधारणबाट निक्षेप संकलन गर्न पाउने भएका छन। नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागबाट भदौ २९ मा लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७४ मा यस्तो व्यवस्था गरिएको छ। 

लघुवित्तले सर्वसाधारणबाट निक्षेप संकलन गर्नका लागि राष्ट्र बैंकले नौं वटा मापदण्ड तोकेको छ। यी मापदण्ड पुरा गरेका लघुवित्तहरुले राष्ट्र बैंकबाट स्वीकृति लिई सर्वसाधारणबाट निक्षेप संकलन गर्न सक्नेछन। 

-बाहृय लेखापरीक्षणबाट विगत ३ वर्षदेखि खुद मुनाफा आर्जन गरेको प्रमाणित भएको ,

- नेपाल राष्ट्र बैंकले तोकेको न्युनतम पुँजीकोष पुरा गरेको ,

- पूर्व सञ्चालन खर्च पूर्णरुपमा अपलेखन भएको ,

- प्रबन्धपत्र तथा नियमावलीमा सर्वसाधारणबाट निक्षेप परिचालन गर्न सक्ने व्यवस्था भएको ,

- वचत, कर्जा लगानी नीति र कोष परिचालनसम्बन्धी नीति तयार गरेको ,

- यस बैंकद्वारा जारी सम्पूर्ण निर्देशनहरुको पालना भएको ,

- अघिल्लोत्रयमासको विवरण अनुसार निष्कृय कर्जा ५ प्रतिशतभन्दा बढी नभएको ,

- कुल समुह संख्या कम्तीमा ५०० रहेको वा कम्तीमा २,५०० सदस्यसंग कर्जा कारोवार गरिरहेका,

- संस्थाले अन्य निकायबाट प्राप्त गरेको सापटी÷ऋण शत प्रतिशत आफ्ना ग्राहकहरुमा लगानी गरेको ।


निक्षेप संकलनको सिमा 

लघुवित्तले आफ्नो प्राथमिक पुंजीको ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्ने सीमाभित्र रही प्राथमिक पुँजीको बढीमा ५ गुणासम्म सर्वसाधारणबाट निक्षेपको रुपमा वित्तीय श्रोत परिचालन गर्न सक्ने छन् । तर सर्वसाधारणबाट संकलित निक्षेपको सीमामा समुह सदस्यहरुको वचत निक्षेप गणना हुने छैन । 

सर्वसाधारणबाट निक्षेप संकलन गर्दा वचत तथा बढिमा २ वर्षसम्मको मुद्दती निक्षेप मात्र परिचालन गर्न सक्ने छन्। त्यस्तै कुनै एउटा फर्म, कम्पनी वा संगठित संस्थाबाट आफ्नो कुल निक्षेपको वढीमा २० प्रतिशतसम्मको सीमामा नबढ्ने गरी संस्थागत निक्षेप परिचालन गर्न सक्ने छन्।  


वित्तीय सेवाको पहुँच न्यून रहेका जिल्लामा निक्षेप संकलन गर्ने व्यवस्था

वित्तीय सेवाको पहुँच न्यून रहेका जिल्लामा निक्षेप संकलन गर्ने व्यवस्था लघुवित्त वित्तीय संस्थाहरुले राष्ट्र बैंकको स्वीकृति लिई वित्तीय सेवाको पहुँच कम रहेका मनाङ्ग, हुम्ला, डोल्पा, कालिकोट, मुगु, जाजरकोट,बझाङ्ग, बाजुरा , दार्चुला र जुम्ला गरी १० जिल्लामा मात्र कार्यक्षेत्र रहने गरी खोलिएका लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थाको प्राथमिक पुँजीको बढीमा ५ गुणासम्म सर्वसाधारणबाट निक्षेप संकलन गर्न सक्नेछन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved