गण्डकी विकास बैंक 'उत्कृष्ट व्यवस्थित बिकास बैंक' बाट सम्मानित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 26, 2017 | 07:19:27 AM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी विकास बैंक लिमिटेड यस बर्षको 'उत्कृष्ट व्यवस्थित बिकास बैंक' बनेको छ। न्यू विजनेस एज प्रालिले संचालक गरेको “न्यू विज विजनेश कन्क्लेभ तथा अवार्ड २०१७” को विशेष कार्यक्रमबीच बैंकलाई उत्कृष्ट व्यवस्थित बिकास बैंकबाट सम्मानित गरिएको हो।

गण्डकी बिकास बैंकले मुलुकको अर्थतन्त्रमा पुर्याएको योगदान, पारदर्शिता, कुशल व्यवस्थापन, सेवा सुविधा पछिल्लो प्रगति विवरण तथा गुणस्तर र सुधार लगायतको आधारले गर्दा विजनेश अवार्ड प्राप्त भएको जनाइएको छ।    

बैंकले गत आर्थिक बर्ष ८५ करोड संचालन मुनाफा, १८ अर्ब ३३ करोड ३३ करोड निक्षेप संकलन गरी १६ अर्ब ५१ करोड कर्जा लगानी गरेको छ।  हाल बैंकले ५५ वटा शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकद्वारा जारि बिज्ञप्तीमा उल्लेख छ। त्यस्तै बैंकले न्यून आय भएकाहरुलाई प्राथमिकतामा राखेर माइक्रो बित्त ऋण स्किम दिंदै आएको जनाइएको छ।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved