मेगा बैंकबाट सामुदायिक अस्पताललाई सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 24, 2018 | 07:27:50 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल लिमिटेडले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नंं. ११ स्थित युनाइटेड मिशन टु नेपाल ओखलढुंगा अस्पताललाई सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई एइडी मेसिन हस्तान्तरण गरेको हो।  

बैंकका डिपोजिट प्रमुख जेनु थापा तथा ओखलढुङ्गा शाखाका कर्मचारीहरुको उपस्तिथीमा सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठबाट अस्पतालका निर्देशक टुक बहादुर श्रीमलाई मेशिन हस्तान्तरण गरिएको हो। 

विभिन्न कारणबाट अत्यन्त नाजुक अवस्थामा अस्पताल पुर्याइएका बिरामीहरुको उपचारका क्रममा कृत्रिम श्वास प्रणालीबाट त्यस्ता बिरामीहरुको मुटुको चाल संचालनमा ल्याई बिरामीहरुलाई पुनर्जीवन प्रदान गर्न सो उपकरणबाट महत्वपूर्ण सहयोग पुग्ने अस्पतालले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved