एनआईसी एसियालाई अन्तराष्ट्रिय गुणस्तर प्रमाणपत्र

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2019 | 01:01:18 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक 'अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र आई एस ओ ९००१ː २०१५’ पाउन सफल भएको छ। उत्कृष्ट सेवा दिन सफल भएकाले अन्तराष्ट्रियस्तरको प्रमाणपत्र पाउन आफुहरु सफल भएको बैंकले जनाएको छ। 

विभिन्न ग्राहकमुखि योजना, सबल चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन साथै प्रणालीगत व्यवस्थापकिय क्षमतामा आधारित सेवा आदिमा राम्रो सुधार गर्दै उत्कृष्ट सेवा दिन सफल भएकाले यो अवार्ड हात परेको बैंकको भनाई छ। यो अवार्ड United Registrar of System -URS _/UKAS-UK  ले प्रदान गर्ने गर्दछ। 

बैंकले हाल आफ्ना २७० शाखा कार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टर एंव २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।   

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved