सिटिजन्स बैंक Citizens Bank International Limited ले बाह्र वर्ष पुरा गरी तेह्रौँ वर्षमा प्रवेश गरेको अवसरमा ‘7th Citizens
Bank Open Tennis Tournament’आयोजना गर्ने भएको छ । बैंकले काठमाडौँ जिल्ला लन टेनिस संघको सहकार्यमा बैशाख १६ गते देखि २१ गतेसम्म दशरथ रंगशाला तथा आर्मी अफिसर्स क्लबमा उक्त खेल आयोजना गर्न लागेको हो । ःMen’s Singles, Women’s Singles, Mixed Doubles,
35 + Singles & Doubles, 45 + Singles & Doubles, 55 + Singles &
Doubles, 65 + Singles, गरी विभिन्न सात विधामा खेल आयोजना गरिने काठमाडौँ जिल्ला टेनिस संघका अध्यक्ष मनोहर दास मुलले जानकारी दिए । विजेताहरूलाई ५ लाख १३ हजार ५ सय पुरस्कार राशि रहेको टुनामेन्टमा करिव १५० जना खेलाडीहरूको सहभागिता जनाउने अपेक्ष आयोजकले लिएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा बैंकले ६८ अर्व ६८ करोड रुपैयाँ निक्षेप संकलन गरि ६३ अर्व ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । उक्त अवधिमा बैंकले १ अर्व ४९ करोड १४ लाख संचालन मुनाफा र १ अर्व ६ करोड खुद नाफा आर्जन गरेकोे छ ।
बैंकले मुलुकभर रहेका ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव चार लाख सेवाग्रहीलाई बैंकिङ सेवाहरु प्रदान गरिरहेको छ । बैंकिङ सेवालाई प्रभावकारी बनाउने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरेकोे छ ।