युनाईटेड फाईनान्स United Finance Limited का कर्मचारीलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले तालिम प्रदान गर्ने भएको छ । फाइनान्स र इन्ष्टिच्युटबीच भएको सम्झौता अनुसार एन.बी.आईले युनाईटेड फाईनान्सका कर्मचारीहरुको कार्य दक्षता विकासका लागि तालिम उपलब्ध गराउने छ ।
सम्झौतापत्रमा युनाईटेड फाईनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरे ।