गरिमा विकास बैंकको मुख्य कार्यालय लाजिम्पाटमा, 'स्याङ्गजादेखि काठमाडौंको यात्रा १० बर्षमा'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 07, 2017 | 10:11:51 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा बिकास बैंकले काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ। शुक्रबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंकको केन्द्रीय कार्यालयको उद्घाटन गरे। 

उद्घाटन अवसरमा बोल्दै गभर्नर नेपालले  स्याङ्जाबाट कारोबार सुरु गरि राष्ट्रिय स्तरको बिकास बैंकको रुपमा बैंकिङ कारोबार गर्दै प्रगतिको बाटोमा अगाडी बढेको गरिमाको खुलेर प्रशंसा गरे। 'गरिमाले तोकेको पूँजी पुर्याउने बाटोमा बैंक अघि बढेको छ' उनले भने।

उनले अब राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको प्रभावकारी सुपरिवेक्षणमा जोड दिने बताए । बैंक तथा वित्तीय संस्था नाफा कमाउनका लागि सञ्चालन गर्न नहुने बताएका उनले त्यस्तो मानसिकता राख्ने सबै बैंकका सञ्चालकहरुलाई अन्य नाफामुलक व्यवसायमा लाग्न सुझाव दिए । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सेवाग्राहीलाई उत्कृट वित्तीय सेवा सहज रुपमा दिन बैंकले कुनै कन्जुस्याई नगर्ने बताए । ‘हामी उत्कृट सेवा दिने लक्ष्यका साथ आक्रामक उपस्थिती जनाउँदैछौं । काठमाण्डौं स्थानान्तरण यसको पहिलो सुरुवात हो’ प्रमुख कार्यकारी अधिकृत ढकालले भने ।

पोखराबाट काठमाण्डौंको लाजिम्पाटमा आफ्नो मुख्य कार्यालय स्थानान्तरणको सबै प्रकृया पुरा गरि गत चैत २७ देखि लाजिम्पाटबाट बैंकले अनौपचारिक रुपमा सेवा सुरु गरेको थियो । गरिमाले २०६४ कात्तिक १८ मा स्याङ्जाको वालिङबाट आफ्नो सेवा सुरु गरेको हो। बैंकको तेस्रो साधारणसभाले पोखरामामा केन्द्रीय कार्यालय राख्ने निर्णय गरेसंगै बैंकले पछि पोखरामा केन्द्रीय कार्यालय स्थापना गरि सेवा सुरु गरेको हो।

चालु आर्थिक बर्षको यस अवधिसम्म बैंकले १३ अर्ब ९५ करोड रुपैंया निक्षेप संकलन तथा १२ अर्ब ९० करोड रुपैंया कर्जा प्रवाह गरि ४२ करोड १६ लाख संचालन आम्दानी गरेको छ । केही समय अघिमात्रै १० बराबर ७ (१०ः७) को अनुपातका हकप्रद शेयर निष्काशन गरेको बैंकको हालको चुक्ता पूँजी २ अर्ब १६ करोड ९६ लाख ५१ हजार ६ सय ९ रुपैंया रहेको छ ।

चाबहिलमा शुक्रबारदेखि नयाँ शाखा संचालनमा 

यसै बिच बैंकले शुक्रबार नै चाबहिलमा आफ्नो शाखा समेत बिस्तार गरेको छ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले चाबहिल शाखाको उद्घाटन गरेका थिए । चावहिल संगै काठमाण्डौंको सामाखुसी, लाजिम्पाट तथा कलंकी सहित देशभर ४७ शाखा र ९ वटा एटीएमबाट बैंकले वित्तीय सेवा दिएको छ । बैंकले चार सय ३४ जना कर्मचारीलाई रोजगारी दिंदै दुई लाख ११ हजार सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved