एभरेष्ट बैंकले तीन महिनामा कमायो ५३ करोड

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 26, 2017 | 07:23:37 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ५३ करोड १४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। गत आर्थीक बर्षको यस अवधिमा बैंकले   ५१ करोड ३४ लाख रुपैयाँ नाफा गरेको थियो। 

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा सामान्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको हो। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण सन्तोषजनक रहेपनि आगामी दिनमा कारोबार बिस्तार गर्न मेहनत गर्नुपर्ने देखिन्छ। यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७६.९१ प्रतिशत पुगीसकेको छ। 

यस अवधिमा बैंकले ९९ अर्ब ३७ करोड निक्षेप संकलन गरि ८१ अर्ब ८५ करोड कर्जा लगानी गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ८९ अर्ब निक्षेप संकलन गरि ६९ अर्ब ५३ करोड कर्जा परिचालन गरेको थियो। दुई महिनाको अवधिमा बैंकको निक्षेप ४ अर्बले बढेको छ भने ३ महिनाको अवधिमा कर्जा प्रवाह ४ अर्बले बढेको छ।यस अवधिमा बैंकको संचालन मुनाफा ५३ करोड १४ लाख रहेको छ।   

यस अवधिमा बैंकको प्रति सेयर आम्दानि ३५ रुपैयाँ २२ पैसा, पुंजीगत लागत ४.८५ प्रतिशत र स्प्रेड रेट ४.८३ प्रतिशत छ। यस अवधिमा बैंकको चुक्ता पुंजी ६ अर्ब ११ करोड छ भने जगेडा कोषमा ६ अर्ब ६७ करोड छ। बैंकको चुक्ता पुंजीमा प्रिफरेन्स सेयर बापतको ८ करोड समेत समावेश छ।     

   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved