नबिल बैंकले ल्यायो भाईबर बैंकिङ्ग

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 02, 2017 | 04:36:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले नेपालमा नबिल भाईबर बैकिङ्ग सेवाको शुरुवात गरेको छ । नबिल भाईबर बैंकिङ्ग भाईबर प्लेटफर्म मार्फत उपलब्ध गराईएको एक सेवा हो ।

यस मार्फत बैंकका ग्राहकहरुले आफ्नो खाताको मौज्दात जाँच गर्न, खाताको छोटो कारोबारको विवरण लगायत अन्य विवरणको साथै विनिमय दर ब्याजदर आदि विभिन्न जानकारी लिन सक्नेछन। 

ग्राहकहरुले नबिल भाईबर बैकिङ्गद्वारा बैंकबाट प्रेषित गरिएका सूचनाहरु, बैंकका शाखा तथा एटिएमका बारे जानकारी, बैंकिङ्ग समय बारेको जानकारी, बैंकका सेवा तथा प्रबर्धन सम्बन्धि जानकारी आदी प्राप्त गर्न सक्नेछन् । यस सेवाका लागि बैंकका ग्राहकहरु स्वयंले भाईबरमा उपलब्ध नबिल बैंकको सार्वजनिक खाता नबिल बैंकमा दर्ता हुनु पर्नेछ ।

“डिजिटल बैंकिङ्ग  क्षेत्रमा नयाँ आयाम थप्दै यस नबिल भाईबर बैकिङ्ग सेवाले बैकिङ्ग सेवाहरुलाई प्रोत्साहन गर्दै नयाँ उचाईमा पुर्‍याउन कोशेढुंगा साबित हुनेछ ” नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले बताए।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved