ज्योति विकास बैंकको नयाँ शाखा तारकेश्वरको नेपालटारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2017 | 02:48:29 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७४ साल मंसिर ४ गते सोमबारदेखि काठमाण्डौंको तारकेश्वर नगरपालिका ११, नेपालटारमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा र विकास बैंकका संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका हुन् ।

तारकेश्वर नगरपालिका भित्र पहिलो बैंकको रुपमा ज्योति विकास बैंकको यो नेपालटार शाखाले आफ्नो कारोवार संचालनमा ल्याएको हो । गत साता भित्र मात्रै ज्योतिविकास बैंकले मकवानपुर जिल्लाको ग्रामिणभेग बागमती गाउँपालिकाको फापरबारी, मकवानपुर जिल्ला कै हेटौंडा बजार, र महोत्तरी जिल्लाको रामगोपालपुरमा नँया शाखा संचालनमा ल्याएको थियो । 

आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामिणभेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवा भाव समेतलाई जोड दिदै आएको बैंकले जनाएको छ  । 

२०६५ साल श्रावण ९ गतेबाट राष्ट्रिय स्तरको विकास बैंकको रुपमा संचालनमा आएको यस बैंकको ४६ वटा शाखाकार्यालय र १४ वटा एटिएम मार्फत विभिन्ननिक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्नुका साथै स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउदै आएको छ  । 


हालसम्म विकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्व ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्ता पूँजी २ अर्व ३७ करोड पुगेको छ । गतआ.व. को नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्नेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved