महालक्ष्मी विकास बैंकद्वारा जेष्ठ नागरिक आश्रमलाइ सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 05, 2017 | 12:35:21 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी बिकास बैंकले जेष्ठ नागरिक आश्रमलाई . ३८,०००÷– बराबरको ग्याँस तथा बिजुली दुवैबाट चल्ने हिटर सहयोग गरेको छ । बैंकको भक्तपुर शाखाले भक्तपुर नगरपालिका भेलुखेलस्थित सिद्धि स्मृति प्रतिष्ठान अन्तर्गतको सिद्धि शालिकग्राम जेष्ठ नागरिक आश्रमलाई उक्त सामान हस्तान्तरण गरेको हो ।

सिद्धि शालिकग्राम जेष्ठ नागरिक आश्रममा आयोजित उक्त कार्यक्रममा भक्तपुर शाखाका शाखा प्रबन्धक आश कुमार जरेजुले सिद्धि स्मृति प्रतिष्ठानको संस्थापक अध्यक्ष  श्याम सुन्दर धौभडेललाई हिटर हस्तान्तरण गरेका हुन्  । जाडो मौसममा बृद्धबृद्धाहरुलाई स्वाथ्य सम्बन्धि विभिन्न समस्या आउने हुँदा बँैकद्घारा प्रदान गरिएको हिटर अति उपयोगी हुने भन्दै सस्ंथापक अध्यक्ष   धौभडेल लगाएत उपस्थित जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गरेका थिए । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्दता जनाएको छ  

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved