रियल टाइममा नै खाता खोल्न मिल्ने गरी माछापुच्छ्रे बैंकद्वारा ३ शाखा रहित बैकिङ्ग सेवा संचालन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 15, 2017 | 11:17:02 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक लिमिटेडले कन्चनपुर र बाँकेमा ३ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले मंसिर २६ गते भिमदत्त नगरपालिका वडा नं–१६,माँझगाउँ चौराहा र बेदकोट नगरपालिका वडा नं–८,समादाईजी साथै २७ गते बैजिनाथ गाउँपालिका वडा नं–२,नौबास्तागरी ३ शाखा रहित बैकिङ्ग सेवा  संचालनमा ल्याएको हो ।

बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा उक्त स्थानहरुमा ३ शाखा रहित बैकिङ्ग सेवा सुचारु गरेको हो । यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ९ शाखा रहित बैकिङ्ग सेवा सुचारु भईसकेको बैकले जनाएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उक्त शाखारहित सेवा केन्द«हरुबाट खाताखोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

यूकेएड सक्षमको सहकार्यमाबैंकले २० वटा ग्राहक सेवा केन्द्रहरु स्थापनागर्ने, १४ जिल्लामा विपन्नवर्ग कर्जाहरु प्रदानगर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्दै आएको छ ।

बैकले पुर्वमाझापा देखि पश्चिममाकन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्मआफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ९ शाखा रहित बैकिङ्ग  सेवा समेत गरी  जम्मा ७५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ८४ वटा एटीएमहरु संचालनमा रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved