२५ अर्बले नपुगेपछि वित्तीय बजारमा फेरी १० अर्ब पठाउँदै राष्ट्र बैंक, तरलता अभाबको दोषी को ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 06, 2018 | 04:06:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अभाब कायम नै रहेको भन्दै वित्तीय बजारमा फेरी १० अर्ब पठाउने भएको छ। वित्तीय बजारमा गत साता मात्रै २५ अर्ब पठाएको राष्ट्र बैंकले आइतबार अर्थात पुष २३ मा फेरी १० अर्ब पठाउन लागेको हो। 

राष्ट्र बैंकले गत आइतबार ५ अर्ब, बुधबार १० अर्ब र बिहिबार १० अर्ब गरि २५ अर्ब रुपैयाँ वित्तीय बजारमा पठाएको हो। २५ अर्बले नपुगेपछि केन्द्रीय बैंकले फेरि १० अर्ब रुपैयाँ बजारमा पठाउने भएको हो। यस संगै राष्ट्र बैंकले वित्तीय बजारमा पठाएको रकम ३५ अर्ब पुग्नेछ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग रहेको विकास ऋणपत्र खरिद गरेर आइतबार १० अर्ब बैंकिङ प्रणालीमा पठाउन लागेको हो। राष्ट्र बैंकले बजारमा तरलता कायम गर्नका लागि उनीहरुले किनेको ऋणपत्र सोझै खरिदको बोलकबोलको सूचना जारी गरेको छ।

बैंकहरुले पुष २३ गते दिउँसो दुई बजेसम्म आफुसंग भएको बिकास ऋणपत्र के कति मुल्यमा बिक्रि गर्ने हो त्यससम्बन्धि जानकारी राष्ट्र बैंकमा गराउनु पर्नेछ। विकास ऋणपत्रको ब्याजदर भने बोलकबोलबाट तय हुने राष्ट्र बैंकले जनाएको छ ।  

लगानी योग्य रकम अभाब भएको भन्दै बैंकहरुले महँगो ब्याजदरमा पैसा उठाउन थालेपछि राष्ट्र बैंकले बैंकहरुसंग रहेका ऋणपत्र खरिद गरेर बैंकहरुलाई रकम उपलब्ध गराउन लागेको हो। 

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ४७ अर्ब अधिक तरलता रहेको दाबि गरेको छ। तर बैंकहरुले भने लगानीयोग्य रकम अभाब भन्दै महँगो ब्याजदरमा पैसा उठाईरहेका छन। नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिन्जीवी नेपालले बैंकहरुले निक्षेप भन्दा लगानी बढी प्रवाह गरेकाले अहिले समस्या उत्पन्न भएको बताएका छन। १ खर्ब ६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ६७ अर्ब लगानी गर्दा पुंजीको अभाब भएको गभर्नर नेपालको दाबि छ।  




 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved