सानिमा बैंक र मह जोडीबीच नयाँ सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 04, 2018 | 03:04:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले  मदन कृष्ण श्रेष्ठ तथा  हरिबंश आचार्य (मह)जोडीलाई ब्राण्ड प्रवर्धकका रुपमा थप दुई बर्षको लागी निरन्तरता दिने सम्झौता गरेको छ । उँनीहरु बिगत ६ बर्ष देखी बैंकको ब्राण्ड प्रवर्धकका रुपमा आवद्घ छन्  । ‘मह’ जोडी तथा बैंकका कार्यकारी प्रमुख   भुवन कुमार दाहाल बिच थप दुई बर्ष ब्राण्ड प्रवर्धकको लागी सम्झौता पत्र हस्ताक्षर भएको हो ।  

सम्झौता पत्र हस्ताक्षर समारोहमा ‘मह’ जोडीले सानिमा जस्तो सवल अनि विश्वसनीय बंैकको प्रतिनिधि हुन पाएकोमा खुशी ब्यक्त गरे   । साथै बैंकका प्रमुख  कार्यकारी अधिकृत  भुवन दाहालले सम्पूर्ण सानिमा परिवार नै नेपालको प्रतिष्ठीत कलाकारसँगको समिप्यतालाई निरन्तरता दिन पाएकोमा गौरवान्वित रहेको बताए   ।

उक्त सम्झौता अवधिमा मह जोडी बंैकको विभिन्न प्रवर्धनात्मक क्रियाकलाप जस्तै— टेलिभिजन कमर्सियल (टि.भि.सी), रेडियो जिङ्गल, पत्र–पत्रिका बिज्ञापन, जनमानस समक्ष उपस्थिती जस्ता कार्यमा संलग्न रहने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved