लुम्बिनी अञ्चलमा एनआईसी एसिया बैंकका एकैसाथ ९ नयाँ शाखाहरु संचालनमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 11, 2018 | 08:55:44 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले लुम्बिनी अञ्चलमा एकै साथ ९ नयाँ शाखाहरु संचालनमा ल्याएको छ। यससंगै बैंकको शाखा संख्या १७० पुगेको छ। 

बैंकले नवलपरासीको ४ स्थानहरु गैंडाकोट न.पा. वडा नं. १५ अमरापुरीमा,  प्रतापपुर न.पा. वडा नं २ गोपीगंजमा, बिनयीत्रिवेणी गा.पा. वडा नं १ दुम्कीबासमा र मध्यबिन्दु न.पा. वडा नं. १० अरुणखोलामा शाखा संचालनमा ल्याएको छ। 

त्यस्तै बैंकले रुपन्देहीको ३ स्थानहरु देवदह न.पा. वडा नं. १२ शंकरपुरमा, सैनामैना न.पा. वडा नं. ३ मुर्गियामा, तिलोत्तमा न.पा. वडा नं. ८ मणिग्राम ४ नम्बर स्थित मणिग्राममा शाखा संचालनमा ल्याएको छ। 

त्यस्तै बैंकले कपिलवस्तुको २ स्थानहरु बाणगंगा नगरपालिका वडा नं. १, ४ नम्बर जितपुर स्थित ४ नम्बर जितपुरमा र बुद्धभुमी न.पा. वडा नं. ९, ईमिलिया स्थित ईमिलियामा शाखा संचालनमा ल्याएको छ। 

एनआईसी एसियाले हाल देशभर १७० शाखा, १६८ एटिएम काउन्टर एव ४ एक्स्टेन्सन  काउन्टरहरुबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।            

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved