ग्लोबल आइएमईको रोल्पामा शाखारहित बैंकिङ्ग सेवा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 13, 2018 | 09:16:42 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले सोमबारदेखि रोल्पाको माडी गाउँपालिकास्थित घर्ती गाँउमा शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ। सो सेवाको मादी गाउँपालिका प्रमुख नन्दबहादुर पुनले एक समारोहका बीच उद्घाटन गरे। 

उक्त स्थानमा खोलिएको सेवाको लागि बैंकले स्थानीय कमल घर्ती मगरलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ।कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर शाखारहितसेवा सुरु गरिएको बैंकले जनाएको छ।

बैंकका हाल ११५ वटा शाखा, १२७ एटिएम, ६९ शाखा रहित बैंकिङ्ग मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।  बैंकले भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालयको स्थापना गरि ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ।

त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ।         


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved