एनआईसी एसियाको भारतबाट इनवार्ड रेमिट्यान्स सुरु

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 04, 2018 | 06:18:10 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंकले एक्सिस बैंकसंगको सहकार्यमा भारतबाट इनवार्ड रेमिट्यान्सको सुरुवात गर्न लागेको छ। बैंकले यस सम्बन्धमा एक्सिस बैंक भारतसंग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरेसंगै भारतबाट इनवार्ड रेमिट्यान्स सेवा सुरु गर्ने जनाएको छ। 

सम्झौता अनुसार एक्सिस बैंकको भारतमा अवस्थित ३५०० भन्दा बढी शाखाहरुबाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिहरुले भुक्तान पाउने गरि पठाएको रकम एनआईसी एसियाका नेपालभरका १९२ शाखा तथा ५००० भन्दा बढी सहायक प्रतिनिधि मार्फत भुक्तानी पाउनेछन। 

एनआईसी एसियाले हाल देशभरका १९२ शाखा, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ४ ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी) सहित ५,३९३ भन्दा बढि भौतिक सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved