सिद्धार्थ बैंक र रिलायन्स लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 06, 2018 | 04:18:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड बीच बैंकासुरेन्स सम्झौता भएको छ । शुक्रबार एक विशेष कार्यक्रमकाबीच बैंक र इन्स्योरेन्सबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौतापत्रमा सिद्घार्थ बैंकका तर्फबाट नायव महाप्रबन्धक रामेश्वर प्रसाद बस्याल र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रमण पराजुलीले हस्ताक्षर गरे ।

सम्झौतापछि सिद्घार्थ बैंकका ग्राहकले बैंकका कुनैपनि शाखाबाट रिलायन्स लाइफ इन्स्योरेन्सका विभिन्न प्रकारका बिमा सेवा प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न , बिमा लेख लिन तथा बिमा दाबि भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा लिन सक्ने भएका छन् । 

हालै बैंकले देशभर ३ एक्स्टेन्सन् काउन्टर सहित १ सय वटा शाखा, ९९ शाखारहित बैंकिङ्ग सेवा, १ सय ८ एटिएम र ६ सय ८७ पिओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५७ करोड र कर्जा लगानी रु.७९ अर्ब २९ करोड गरेको छ भने सोही अवधीमा बैंकले रु. १ अर्ब १३ करोड खुद मुनाफा आर्जन गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved