माछापुछ्रे बैंकले टर्कीबाट रेमिट्यान्स भित्र्याउने

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 20, 2018 | 03:51:16 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंक लिमिटेड र टर्की स्थित युनिभर्सल पेमेन्ट ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र युनिभर्सल पेमेन्ट ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शेरहन काभीले हस्ताक्षर गरे । सम्झौता भएपछि टर्कीबाट नेपालमा रेमिट्यान्स भित्र्याउने माछापुछ्रे बैंक पहिलो बैंक भएको छ । युनिभर्सल पेमेन्ट टर्कीस्थित अक्टिफ बैंकको स्वामित्वमा रहेको रेमिट्यान्स कम्पनी हो । 

टर्कीमा रहेका नेपालीले युनिभर्सल पेमेन्ट ट्रान्सफर रेमिट मार्फत स्वदेशमा पठाएको रकम माछापुछ्रे बैंकका सबै शाखाहरु मार्फत भुक्तानी गर्न सक्नेछन् । हालसम्म बंैकले ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टर, १८ शाखा रहित बंैकिङ्ग  सेवा र ८६ वटा एटीएम मार्फत बंैकिङ्ग सेवा प्रदान गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved