सिद्धार्थ बैंकको एकै साथ ८ नयाँ शाखा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 07, 2018 | 08:52:16 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा सिद्दार्थ बैंकले एक साथ ८ नयाँ शाखा स्थापना गरेको छ  । 

  बैंकले   आइतबार रौतहटको माधवनारायण, तनहँुको दुलेगौडा, नवलपुरको गँैडाकोट, नवलपरासीको बर्दघाट, रुपन्देहीको कोटिहवा, कपिलबस्तुको जितपुर, सिराहाको लहान र झापाको सुरुङ्गामा एकै साथ ८ वटा शाखा सञ्चालनमा ल्याएको हो । 

यी शाखाहरु मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुने बैंकले जनाएको छ । त्यस्तै यी शाखाहरुबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जानकरी दिएको छ । साथै यी शाखाहरुबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ । 

हालै सञ्चालनमा आएका शाखाहरु सहित बैंकले देशभर १०८ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा,  १०८ ब्त्ः र ६८७ एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को चैत्र मसान्तसम्म बैंकले कुल निक्षेप रु.९० अर्ब ४० करोड र कर्जा लगानी रु. ८१ अर्ब १७ करोड गरेको छ भने सोही अवधीमा बैंकले २ अर्ब ४ करोड खुद मुनाफा आर्जन गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved