मुक्तिनाथ विकास बैंकको शाखा उदयपूरको कटारीमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 10, 2018 | 04:00:14 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक लि.ले उदयपूरको कटारी नगरपालिका गोलपार्कमा नयाँ शाखा विस्तार गरेको छ । बिहीवार उदयपुर उद्योग बाणिज्य संघका अध्यक्ष पुष्कर खड्काले उक्त शाखाको उद्घाटन गरे । 

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए । बैंकले लिएको समावेशी वित्तीय पहूँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने उनको भनाई छ । आज सञ्चालनमा आएको यो शाखा बैंकको ७९ औँ शाखा हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved