वित्तीय संस्था संघको अध्यक्षमा तुलाधार दोहोरीए, नयाँ कार्यसमिति चयन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 19, 2018 | 09:49:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वित्तीय संस्था संघको नयाँ कार्यसमिति चयन भएको छ। संघको २२ औं बार्षिक साधारणसभाबाट गुडविल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सरोज काजि तुलाधार दोस्रो कार्यकालका लागि संघको अध्यक्षमा चयन भएका छन। 

साधारणसभाले संघको प्रथम उपाध्यक्षमा गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार राईलाई चयन गरेको छ भने महासचिवमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठलाई चयन गरेको छ । यसैगरी कोषाध्यक्षमा मञ्जुश्री फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौला चयन भएका छन् । 

साधारणसभाले संघको कार्यकारी सदस्यहरुमा रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रजोजमान श्रेष्ठ, जेविल्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीलाल नकर्मी, श्रृजना फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाईं, ललितपुर फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रबहादुर न्हुछे प्रधान र श्री इन्भेष्मेन्ट एण्ड फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत लिलामणी न्यौपाने चयन भएका छन् । कार्यसमिति सबै सर्व–सम्मत चयन भएका हुन् । 

यसैगरी अध्यक्ष तुलाधरले शुक्रबार नै दुई कार्यकारी सदस्यलाई मनोनित समेत गरेका छन् । अध्यक्ष तुलाधरले सिटि एक्सप्रेस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र प्रोगेशिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंलाई मनोनित गरेका हुन् । 

संघको ५ सदस्यीय सल्लाहका समिति समेत हुने व्यवस्था छ । साधारणसभामा नै अध्यक्ष तुलाधरले ५ सदस्य सल्लाहकार समिति मध्ये ३ जनालाई मनोनित गरेका छन् । उनले आईसीएफसी फाइनान्सका उप प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त, रिलायन्स फाइनान्सका उप–प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र जानकी फाइनान्सका महाप्रवन्धक रजनिशकुमार सिंहलाई सल्लाहकारमा मनोनित गरेका हुन् । 

साधारणसभामा बोल्दै अध्यक्ष तुलाधरले फाइनान्स कम्पनीहरु वलियो र वाणिज्य बैंकहरुसँग प्रतिष्पर्धा गर्न सक्षम भएको बताए । नेपाल राष्ट्र बैंकले फाइनान्स कम्पनीहरुलाई पूर्ण सहयोग गरेको भन्दै अध्यक्ष तुलाधरले राष्ट्र बैंकको सहयोगकै कारण फाइनान्स कम्पनीहरु सक्षम भएको बताए । 

कार्यक्रममा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक वाशुदेव अधिकारीले पछिल्लो समय फाइनान्स कम्पनीहरु मजवुद बन्दै गएको भन्दै प्रसंशा गरे ।संघको निर्वाचन पूर्व साधारणसभामा तत्कालिन महासचिव अनिल श्रेष्ठले वार्षिक प्रतिवेदन पेश गरेका थिए भने तत्कालिन कोषाध्यक्ष (हाल महासचिव) दिनेशलाल श्रेष्ठले आर्थिक एवं लेखापरीक्षण प्रतिवेदन निर्णयार्थ पेश गरेका थिए । उक्त प्रतिवेदन साधारणसभाले सर्वसम्मत रुपमा पारित गरेको संघका कार्यालय सचिव सन्तोषकुमार श्रेष्ठले जानकारी दिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved