जनप्रिय बहुमुखी क्याम्पसमा पढेकालाई मुक्तिनाथ विकास बैंकले नियुक्त गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 29, 2018 | 06:11:53 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले जनप्रिय बहुमुखी क्याम्पस पोखरासंग मानव संसाधन व्यवस्थापन गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेको  छ ।

 सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने क्रममा जनप्रिय बहुमुखी क्याम्पसवाट विविए÷विविएस÷एमविए र एमविएसमा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने ५ जना विद्यार्थीहरुलाई क्षमता र दक्षताका आधारमा आवश्यक प्रकृया पुरा गरी कर्मचारीको रुपमा नियुक्त गरिने छ । 

सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट क्षेत्रीय प्रवन्धक वावुराम ढकाल र जनप्रिय बहुमुखि क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख विरन्जी गौतमले हस्ताक्षर गरेका हुन् ।                       

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved