अनलाइनबाट नै एउटा बैंक खातामा भएको रकम अर्को बैंकको खातामा पठाउन सकिने सेवा सुरु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 06, 2018 | 03:12:49 PM मा प्रकाशित

laxmi  sunrise bank

एउटा बैंकको खाताबाट सिधै अर्को बैंकको खातामा अनलाइनबाट रकम ट्रान्सफर गर्न सकिने भएको छ  । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीबाट यस्तो सुबिधा सम्भव भएको हो । उक्त सेवा अन्तर्गत बैंकको ग्राहकले ईपेमेन्ट प्रणाली मार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार रु. १ लाख सम्मको सिधै रकम ट्रान्सफर गर्न सक्नेछन् । सेवाग्राहीले आफ्नै खातामा अथवा हितग्राहीको खातामा बैंक खाता नंबरको आधारमा अथवा हितग्राहीको मोबाइल नंबरको आधारमा समेत रकम ट्रान्सफर गर्न सक्ने सुविधा रहेको छ ।

कनेक्ट आईपीएस मार्फत अनलाइन  बाट नै आफ्नो बैंक खातामा भएको रकम अन्य बैंकमा रहको खातामा पठाउन सकिने भएको हो   । 

बैंकको ग्राहकले उक्त प्रणाली प्रयोग गर्न www.connectips.com मा गई आफूलाई एक पटक आवद्ध गर्नु पर्ने हुन्छ र आफ्नो बैंक खाताको विवरण समेत भरी खाता लिंक गराए पछि सोको फारम डाउनलोड गरि एक पटक आफ्नो बैंकबाट भेरीफाई गर्नु पर्ने हुन्छ । यस प्रणालीमा हाल १९ वटा बैंक वित्तीय संस्थाहरुका ग्राहकहरुले कारोबार गर्न सक्ने व्यवस्था गरिएको र अन्य १० वटा बैंक वित्तीय संस्थाहरुसँग उक्त सेवा संचालनका लागि सम्झौता भइ परिक्षण गरिरहेको क्लियरिङ्ग हाउसले जनाएको छ  । 

हाल सिटिजन बैंक इन्टरनेसनल लि, ग्लोबल आइएमई बैंक लि , जनता बैंक नेपाल लि, एभरेष्ट बैंक लि, लक्ष्मी बैंक लि, नेपाल बंगलादेश बैंक लि, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि, नेपाल बैंक लि, एन.आइ.सी. एशिया बैंक लि, एनएमबी बैंक लि, प्राइम कमर्सियल बैंक लि, सिद्धार्थ बैंक लि, गरिमा विकास बैंक लि, गण्डकी विकास बैंक लि, लुम्बिनी विकास बैंक लि, मुक्तिनाथ विकास बैंक लि, ओम डेभलपमेन्ट बैंक लि, सांग्रिला डेभलपमेन्ट बैंक लि र आइ.सि.एफ.सि. फाइनान्स लिले यो सेवा सुरु गरेका छन्  । 

यस सिस्टमबाट घर मै बसेर अनलाइन मार्फत सरकारलाई कर तिर्न पनि सकिन्छ ।  सरकारलाई बुझाउने सबै प्रकारका कर, शुल्क वा दस्तुर बुझाउन सकिन्छ । सबै संघीय सरकारी कार्यालयको राजश्व बुझाउन सकिने भए पनि हाललाई यो सेवा राजश्व कार्यालयमा मात्र छ  ।  यसरी कर भुक्तान गर्दा एक पटकमा बढीमा रु १ लाख सम्ममात्र   बुझाउन सकिने छ । साथै एक दिनमा १० पटकसम्म यसति कर तिर्न सकिने छ । 

कर तिर्दा ५०० रुपैयाँ भए २ रुपैयाँ शुल्क, ५ सय देखि ५ हजारसम्मको कर भुक्तान गर्दा ५ रुपैयाँ , ५ हजारदेखि ५० हजार सम्मको कर भुक्तान गर्दा १० रुपैयाँ शुल्क लाग्ने छ । साथै ५० हजार भन्दा बढीको कर भुक्तान गर्नु परेमा १५ रुपैयाँ शुल्क लाग्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved