ग्लोबल आइएमईका ग्राहकले दिर्घायु हस्पिटलमा उपचार गराउँदा छुट पाउने

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 08, 2018 | 06:20:58 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक र दिर्घायु गुरु अस्पतालबीच सेवामा छुट दिने सम्बन्धि सम्झौता भएको छ । बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ । 

सम्भौतापत्रमा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक सुरज बला श्रेष्ठ र बैंकका तर्फबाट कार्ड वितरण विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे । 

सम्झौता पश्चात दिर्घायु गुरु अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमईबाट डेबिट, क्रेडिट र  प्रिभिलेज कार्ड लिएका ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १२ प्रतिशत सम्म छुट पाउने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved