माछापुच्छ्रे बैंकका ३ शाखा एकसाथ सञ्चालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 07, 2018 | 04:54:31 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक लिमिटेडले ३ शाखा सञ्चालनमा ल्याएको छ । मकवानपुरको हेटौंडा उप–महानगरपालिमा हेटौंडा शाखा, चितवनको इच्छाकामना गाउँपालिकामा इच्छाकामना शाखा र चितवनकै कालिका नगरपालिकामा कालिका शाखा सञ्चालनमा ल्याएको हो ।
हेटौंडा शाखाको हेटौंडा उप–महानगरपालिकाका मेयर हरि बहादुर महत र बैंकका सञ्चालक जय मुकुन्द खनालले संयुक्त उद्घाटन गरे । इच्छाकामना शाखाको इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र बैंकका सञ्चालक राममान श्रेष्ठले उद्घाटन गरे । कालिका शाखाको कालिका नगरपालिकाका मेयर खुम नारायण श्रेष्ठ र बैंकका सञ्चालक गोपीकृष्ण न्यौपानेले संयुक्त रुपमा उद्घाटन गरे । नयाँ शाखा मार्फत बैंकले ग्राहकलाई कर्जा, निक्षेप लगायतका सुबिधा उपलब्ध गराउने छ ।
बैकले हाल ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर, १०६ वटा एटीएम, ३८ शाखा रहित बैकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved