बिना निष्कर्ष टुंगियो राष्ट्र बैंकसंगको छलफल, व्याजदर वृद्धिकाे प्रतिस्पर्धा कायमै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2018 | 12:48:20 PM मा प्रकाशित

laxmi  sunrise bank

ठुला बैंकहरु पनि मुद्दती निक्षेपमा ब्याज बढाउन लागेपछि ब्याजदर वृद्धिको प्रतिस्पर्धा उत्कर्षमा पुगेको छ। जनता बैंकबाट सुरु भएको ब्याजदर वृद्धिको शृंखलालाई निरन्तरता दिंदै नबिल र हिमालयन बैंकले ब्याज दर १३ प्रतिशत पुर्याएपछि नेपाल राष्ट्र बैंकले मंगलबार सबैलाई डाकेर छलफल थाल्यो। 

छलफलमा राष्ट्र बैंकको तर्फबाट नियमन विभागका कार्यकारी निर्देशक नारायण पौडेल र सुपरिवेक्षण विभागका प्रमुख कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठ सहित उच्च अधिकारी, नेपाल बैंकर्स संघ, डेभलपमेट बैंकर्स एशोसिएशन र नेपाल वित्तीय संस्था संघका अध्यक्षहरु र व्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिएका बैंकका प्रमुख कायर्कारीहरुको सहभागिता थियो। 

विभागीय प्रमुख पौडेल र श्रेष्ठले बैंकहरुलाई ब्याज बढाएको बारे सोधेको प्रश्नको जवाफमा बैंकरहरुले निक्षेप बचाउन ब्याज बढाएको जवाफ दिएको  छलफलमा सहभागी एक सदस्यले बिजपाटीलाई बताए।

राष्ट्र बैंकका अधिकारिहरुले ब्याजदर बढाबढको प्रतिस्पर्धाले कसैलाई फाइदा नपुर्याउने भन्दै ऋण लगानीमा संयमित हुन आग्रह गरेपनि समस्या समाधानबारे कुनै ठोस कुरा सुनाउन सकेनन। ब्याजदरबारे कार्यादलको प्रतिबेदनले नीतिगत निर्णय लिने भएकाले तत्काललाई ब्याज नबढाउन राष्ट्र बैंकले बैंकहरुलाई सुझाब दिएको छ। 

भद्रसहमतिबाट नयाँ तथा साना बाणिज्य बैंकहरु अप्ठ्यारोमा परेको भन्दै बैंकर्स संघले 'भद्र सहमति' खारेज गरेको थियो। त्यसलगत्तै जनता बैंकले व्यक्तिगत मुद्दतिमा साढे १२ प्रतिशत ब्याज दिने सुचना जारि गर्यो। त्यसलाई पछ्याउदै पछिल्लो समय नबिल र हिमालयन बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा साढे १३ प्रतिशतसम्म ब्याज दिने सूचना निकाले। 

करिब दर्जन बैंकहरुले ब्याजदर वृद्धिको सूचना निकाल्दा कानमा तेल हालेर बसेको राष्ट्र बैंकले नबिल र हिमालयन बैंकले ब्याज बढाएपछि छलफल थालेको हो। त्यसो त बिभागका प्रमुखहरुले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलाई ब्याज किन बढाएको भनेर प्रश्न समेत गरेका थिए। जवाफमा सीईओ शाहले निक्षेप जोगाउनका लागि ब्याज बढाएको बताएका थिए।    

पछिल्लो समय ब्याजदरमा एक रुपता कायम गर्न र ब्याज बढ्न नदिनलाई राष्ट्र बैंक समेत अप्ठ्यारोमा परेको विश्लेषण गरिएको छ। पुरानै भद्र सहमतिमा फर्कन निर्देशन दिंदा नयाँ तथा साना बाणिज्य बैंकहरु समस्यामा पर्ने र भद्र सहमति नगर्दा ब्याज बढ्ने समस्याले राष्ट्र बैंक अप्ठ्यारोमा परेको छ। 

छलफलमा सहभागी एक बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बिजपाटीलाई बताए अनुसार नबिल र हिमालयन बैंकपछि नेपाल इन्भेष्टमेन्ट बैंकले समेत ब्याज बढाउने तयारि गरेको थियो। बुधबार पुष ४ गते ब्याज बढेको सूचना जारि गर्ने तयारिमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक राष्ट्र बैंकमा मंगलबार बसेको छलफलपछि पछाडी हटेको बताइएको छ। 

बैंकहरुबीच भद्र सहमति तोडीएपछि आधार दर्जन बाहेक अधिकांश बाणिज्य बैंकहरुले व्यक्तिगत तर्फको मुद्दती निक्षेप र बचत खाताको ब्याज बढाएका छन। बाणिज्य बैंकहरुले धमाधम ब्याज बढाएपछि बिकास बैंक तथा फाइनान्सहरुले समेत ब्याज बढाउन थालेका छन।      

ब्याजदरमा भद्र सहमति: ठुला बैंकलाई कमाउने भाडो, सानालाई घाडो

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved