नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुमार्गीले झिकेको ८४ करोड फिर्ता गर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2019 | 08:39:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले ब्यापारी अजेयराज सुमार्गीको रकम फिर्ता ल्याउन नेपाल इन्भेस्टमेन्ट बैंकलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले सुमार्गीले इन्भेस्टमेन्ट बैंकको खाता बाट झिकिसकेको रकम फिर्ता ल्याउन निर्देशन दिएको हो ।  

सर्वोच्च अदालतले आफ्नै पुरानो आदेशलाई उल्ट्याउदै सुमार्गीको मुक्तिश्री सिमेन्टको नाममा निकासा भइसकेको रकम पहिलेकै अवस्थामा ल्याउन गत २४ गते राष्ट्र बैंकको नाममा आदेश जारी गरको थियो। सोहि आदेश अनुसार केन्द्रिय बैंकले  आइतबार राष्ट्र बैंकले सुमार्गीको खाता रहेको इन्भेस्टमेन्ट बैंकलाई उक्त रकम फिर्ता गर्न निर्देशन दिएको हो। 

 मुक्तिश्री सिमेन्टका नाममा आएको वैदेशिक लगानीको स्रोत नखुलेको भनी राष्ट्र बैंकले करिब ५ वर्षदेखि रोक्का राखेको रकम यही पुस १० गते न्यायाधीश दीपकराज जोशीको एकल इजलासको आदेशले खुला गरिदिएको थियो। उक्त आदेशपछि सुमार्गीले ७.५ मिलियन अमेरिकी डलर (करिब ८४ करोड रुपैया“) झिकेर अर्को बैंक खातामा राखेका छन्। उक्त रकम झिक्नुपूर्वकै अवस्थामा ल्याउनू भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश आनन्दमोहन भट्टराईको गत २४ गतेको इजलासले आदेश दिएको थियो। ‘कानुनबमोजिम जे जस्तो कारबाही र प्रक्रिया अपनाउनुपर्ने हो, अपनाई नेपाल इन्भेस्टमेन्ट बैंकमा प्राप्त भएको विवादित रकम पहिलेकै अवस्थामा राख्नू’ तत्कालीन आदेशमा भनिएको छ ।

‘रकम पठाउने व्यक्तिको नाम अजेयराज सुमार्गी पराजुली भन्ने देखिएको तथा रकम प्राप्त गर्ने नाम मुक्तिश्री सिमेन्ट उद्योग प्रालि हु“दा निजस“ग सम्बन्धित कम्पनीले प्राप्त गर्ने गरी विदेशबाट ऋण लगानी भनिएको रकमको कारोबार शंकास्पद देखिएको’ आदेशमा भनिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved