नयाँ बर्षमा बैंक खाता खोल्दा सय रुपियाँ पाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2019 | 07:45:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ बर्ष देखि बैंक खाता खोल्दा सम्बन्धित बैंकले नै खातामा सय रुपियाँ बचत गरिदिने भएको छ ।  'खोलौ बैंक खाता २०७६ ' अभियान मार्फत यस्तो ब्यबस्था  हुन् लागेको हो  चालु बर्षको बजेटमा उल्लेख भए बमोजिम यो कार्यक्रम सुरु हुन लागेको हो।  

हालसम्म पनि बैंक खाता नभएका नेपालीहरुलाई बैंकिंग प्रणाली भित्र समेट्न यस्तो योजना सुरु हुन् लागेको हो । यस अन्तर्गत खाता खोल्दा बैंकले ग्राहकको खातामा सय रुपियाँ जम्मा गरिदिने छ । 

यस योजना अन्तर्गत खोलिने खाताको लागि अन्य भन्दा सरलीकृत फारम प्रयोग गरिने छ । ग्राहक पहिचान तथा सम्पुष्टी गर्दा नागरिकताको प्रमाणपत्र वा राहदानी वा फोटोसहितको मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्र वा सवारी चालक अनुमतिपत्र वा कुनै सरकारी निकायले जारी गरेको फोटो सहितको परिचयपत्र वा सम्बन्धित स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटो सहितको सिफारिसको आधारमा सम्पुष्टी गर्न सकिने छ ।

तर यस्तो खाता खोल्दा ग्रजकले यस अघि कुनै पनि बैंक खाता नभएको स्वघोषणा गर्नु पर्ने छ । यस्तो खाता मार्फत बार्षिक १ लाखसम्मको कारोबार गर्न सकिने र सो भन्दा बढी कारोबार गर्नु परेमा ग्राहक पहिचान तथा सम्पुष्टी गर्नु पर्नेछ ।

क, ख, र ग बर्गका बैंक त्तहा वित्तीय संस्थाले यस अभियानमा सहभागिता जनाउन सक्ने छन् । संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट बैंकले ग्राहकको खातामा सय रुपियाँ हाल्न सक्ने छुट दिएको हो। सोहि कोषबाट बैंकहरुले नयाँ ग्राहकको खातामा सय रुपियाँ हाल्दिने भएका हुन् ।

 राष्ट्र बैंकको तथ्यांक अनुसार हाल २ करोड ५६ लाखबढी खाता छन् तर एकै व्यक्तिको ४-५ वटासम्म पनि खाता खुलेका  छन् । 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved