महिलामात्र कर्मचारी भएको सहयोगी विकास बैंकको नयाँ शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 06:54:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सहयोगी विकास  Sahayogi Vikas Bank Limited ले जनकपुरकोे रामानन्द चौकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको नयाँ शाखा सञ्चालना आएसँगै शाखा संख्या १४ वटा  पुगेको छ । उक्त शाखालार्ई महिलाहरुले व्यवस्थापन र सञ्चालना गर्ने गरी प्रारम्भीक रुपमा सञ्चालनामा ल्याएको बैंकले जनाएको छ । उक्त शाखामा सम्पुर्ण कर्मचारी महिला मात्र राखिएको बैंकले जनाएको छ । २ नं प्रदेश सरकारको “वेटी वचाओ, वेटी पढाओ” नारालाई सार्थक बनाउन उक्त शाखा सञ्चालन गरिएको बैंकले जनाएको छ । 

बैंकको उक्त शाखाले हाल २ सय ५० जनाको खाता खोलिसकेको र करिब ३ करोड रूपैयाँ निक्षेप संकलन गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिए । 

बैंकले नेपाल सरकारको ‘एक व्यक्ति एक खाता” लाई सहयो पुर्याउने उदेश्यले ‘सीता वचत खाता’ सञ्चालन गरेको छ । उक्त खातामा बैंकले आफ्नो तर्फबाट १०० रुपैयाँ जम्मा गरिदिनै बंकले जनाएको  । उक्त खाता शुन्य मौज्दातमै खाता खोल्न सकिने र मोवाइल बैंकिङ सेवा, एटिएम सुविधा जस्ता बैंकिङ सुविधाहरु उपलब्ध रहेकोे प्रमुख कार्यकारी अधिकृत रिजालले बताए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved