प्रभु बैंक Prabhu Bank Limited ले आफ्नो नयाँ शाखा विस्तार गरि सन्चालनमा ल्याएको छ । बैंकले आज शुक्रबारबाट ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. १ इमाडोलमा शाखा कार्यालय संचालनमा ल्याएको हो । उक्त शाखाबाट ग्राहकहरुले बैंकको सम्पुर्ण सेवा लिन सक्नेछन् ।
बैंकले देशभरका १८५ वटा शाखा, १४६ वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।