राष्ट्रिय वाणिज्य बैंक उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2019 | 02:18:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल युवा उद्यशीलता सम्मेलन २०१९ को मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र बिशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा आगामी साउन २७ र २८ गते काठमाडौंमा हुने सम्मेलनमा बैंकले आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्ने भएको हो ।

मङ्गलवार भएको सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सम्मेलन मुल आयोजक समितिका संयोजक बिशाल गैरेले हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री के.पी शर्मा ओलीले समुद्घाटन गर्ने सम्मेलनमा उद्यमशीलतामा रुची राख्ने युवा, विद्यार्थीहरु, नयाँ युवा उद्यमीहरु, लगानीकर्ताहरु, बिज्ञ, सरोकारवालासहित देशभरका १६ देखि ४० बर्षभित्रका करिब ३००० युवा उद्यमीहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved