नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ भएका बाणिज्य बैंकलाई मर्जरमा प्राथमिकता दिने नीति ल्याएको छ। बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले ' एक भन्दा बढी बैंक तथा वित्तीय संस्थामा निश्चित प्रतिशत भन्दा बढी सेयर स्वामित्व हुने सेयरधनीहरु भएका बैंक तथा वित्तीय संस्थालाई गाभ्ने÷गाभिने र प्राप्तिमा प्राथमिकतामा राखी मर्जरमा लैजाने सम्बन्धमा आवश्यक व्यवस्था मिलाइने' घोषणा गरेका हुन।
हाल हिमालयन , लक्ष्मी र इन्भेस्टमेन्ट लगायतका बैंकमा क्रस होल्डिङ रहेको छ ।
राष्ट्र बैंकले मर्जमा बैंकहरुलाई ५ वटा सहुलियत दिएको छ ।
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा चिरन्जीवी नेपालले निम्न ५ वटा सहुलियत दिने घोषणा गरेका हुन् ।
१. प्राथमिकता प्राप्त क्षेत्रमा गरिनु पर्ने न्युनतम लगानी २०७८ असार मसान्तसम्म कायम गरे हुने
२. २०७८ असार मसान्त सम्म स्प्रेड दर ४.४ कायम गरे हुने
३, शाखा खोल्न राष्ट्र बैंकको स्वीकृति नचाहिने
४. कार्यकारीहरुलाई कुलिंग पिरियड लागु नहुने
५. ऋणपत्रमा गरिनु पर्ने लगानी २०७८ असार मसान्त सम्म गरे हुने
२०७७ असार मसान्तसम्म एकिकृत कारोबार गर्नेले मात्र यी सुबिधा पाउने छन् ।