एनआईसी एशिया बैंकका ग्राहकलाई होटल ह्यारिसन प्यालेस विराटनगरमा छुट हुने भएको छ । बैंकका ग्राहक तथा कर्मचारीलाई होटल ह्यारिसन प्यालेसका सेवा उपभोग गर्दा ३० प्रतिशतसम्मको छुट हुने भएको हो ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख दीपक थापा र होटल ह्यारिसन प्यालेसको तर्फबाट म्यानेजर प्रदीप पोखरेलले हस्ताक्षर गरे ।
बैंकले हाल २९५ शाखा, ३२० एटिएम, ५५ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।