एनएमबी बैंक NMB Bank Limited ले शैक्षिक कर्जालाई पूर्वस्वीकृत गर्ने भएको छ । बैंकले १५ वर्षसम्म सत प्रतिशत लगानी र ४ वर्षसम्मको थप बिलम्बकालीन÷ऋण स्थगन अवधि समेत ल्याएको छ । विदेशमा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आर्थिक अभाव नहोस् भन्नका लागि सहज शैक्षिक कर्जा दिन बैंकले यस्तो व्यवस्था गरेको हो ।
बैंकले सत प्रतिशतसम्म शैक्षिक लागत, बसोबास र यातायात खर्चका लागि लगानी गर्ने जनाएको छ । विदेशमा अध्ययन गर्ने विद्यार्थीले बुवा वा आमाका हजुरबुवा–हजुरआमा, सासु–ससुरासहितका ससुराली परिवार तथा काका–काकी दुवैलाई प्रयोजकका रूपमा सामेल गर्न सक्ने बैंकले जाएको छ । ऋणको अवधि बढाएर १५ वर्ष पु¥याइएको र ऋण स्थगन अवधि कम्तिमा ४ वर्ष वा पूरै पाठ्यक्रम अवधिसम्म कायम गरिएको बैंकले जनाएको छ ।
बैंकले हाल १६३ शाखा, १२८ एटीएमहरु र ५ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।