कनेक्ट आईपीएसबाट गरिने कारोबारको सीमा बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2020 | 07:20:36 PM मा प्रकाशित

laxmi  sunrise bank

कनेक्ट आईपीएसको एपबाट गरीने कारोवारकाे सीमा बढेको छ । यस एपबाट गरिने कारोबार सिमा प्रतिमहिना अधिकतम १ लाख रहेको अब २ लाखसम्म कारोबार गर्न सकिने भएको हो ।

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन‐२०७६ जारी गरेसंगे सोहि बमोजिम सीमा बढाईएको कम्पनीले जनाएको छ ।  प्रति कारोबार सीमा भने ५० हजार नै यथावत रहेको छ । कम्पनीको वेबसाइटबाट गरीने प्रति कारोवार १० लाख र मासिक कारोवार सीमा ५० लाख सिमामा पनि कुनै परिवर्तन नभएको कम्पनीले जनाएको छ ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved