सिद्धार्थबैंक Siddhartha Bank Limited ले नि:शुल्क आँखा शल्यक्रिय शिविर सम्पन्न गरेको छ । ६ दिनसम्म सञ्चालनमा रहेको उक्त शिविर बैंकले नेपाल आँखा अस्पतालसँगको सहकार्यमा आयोजना गरेको हो ।
शिविर पौष २२ देखि २५ गतेसम्म सर्लाहीको श्रीनगर र पौष २७ देखि २९ गतेसम्म सर्लाहीकै मलंगवामा सञ्चालन भएको थियो । उक्त शिविरमा १ हजार २ सय ४१ जनाले आँखा परिक्षण गराएको बैंकले जनाएको छ । जसमध्य १७८ जनाको मोतियाबिन्दु रोग पहिचान भएको र उनिहरुको आँखा शल्यक्रिया गरेको बैंकले जनाएको छ ।
यस्तै उक्त शल्यक्रियाका लागि बैंकले अस्पताललाई ४ लाख ६७ हजार ५ सय रुपयाँ सहयोग गरेको थियो । उक्त सहयोग रकम बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेलाई हस्तान्तरण गरेका थिए ।बैंकले देशभर ४ एक्स्टेन्सन् काउन्टर सहित १८० वटा शाखा तथा १०१ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदानगर्दै आएको छ ।