एनएमबि बैक NMB Bank Limited ले २४ मेगावाटको मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ ।
सह—वित्तीयकरणमा सहभागी अन्य वैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष, एन आई सी एशिया बैंक र प्रभु बैंक लि. रहेका छन् । २४ मेगावाट क्षमता भएको मादमे खोला जलविद्युत आयोजनाको कुल लागत ४.४८ अर्व रहेको छ जसमध्ये बैकहरुको लगानी कुल ३.३२५ अर्वको हुनेछ ।
यो आयोजनासँग एनएमबि बैकले कुल ४२ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।