सिद्धार्थ बैंकद्वारा अस्पताललाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2020 | 06:08:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्घार्थ बैंक Siddhartha Bank Limited  ले मनमोहन स्मृति सामुदायिक अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकले बिहीबार फर्पिङस्थित सो अस्पताललाई एक लाख ३० हजार रुपैयाँ सहयोग गरेको हो । 

 उक्त रकम बैंकको कुमारीपाटीस्थित हेड अफ सर्कल ज्ञानेन्द्र महर्जनले अस्पतालका कार्यवाहक अध्यक्ष पूर्ण बहादुर शाहीलाई हस्तान्तरण गरेका हुन् । 

बैंकबाट प्राप्त रकम अस्पतालले बिरामी कुरुवा बेड खरिद गरी कुरुवा मैत्री अस्पताल बनाउनका लागि उपयोग गर्ने जनाएको छ । उक्त सहयोगबाट अस्पतालका बिरामी तथा बिरामी कुरुवालाई केही हदसम्म भएपनि राहत पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved