माछापुच्छ्रे बैंकको दुलेगौडा शाखा संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 07, 2017 | 03:36:29 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक लिमिटेडले दुलेगौडा  शाखालाई शुक्लगण्डकी नगरपालिका वडा नं ४ दुलेगौडा बजारस्थित मेनरोडमा स्थानान्तरण गरेको छ ।   बैशाख २४ गते आईतबारका दिन देखि संचालनमा आउने गरी बैंकले  शाखा स्थानान्तरण गरेको हो  ।

उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष श्री रोशन के.सी ले गरेका हुन् । 

नयाँ सुविधासम्पन्न भवनबाट बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ । 

रु. ६ अर्व ५९ करोड ८७ लाख चुक्ता पुंजी रहेको यस बैकले २०७३ साल चैत्र मसान्तसम्म रु ५८ अर्व ४ करोड निक्षेप परिचालन गरी रु. ५३ अर्व ५ करोड कर्जा प्रवाह गरेको छ भने सो अबधिमा रु. १ अर्व ५१ लाख खुद मुनाफा गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved