हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब नाघ्यो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 02, 2017 | 08:16:41 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन जनरल इन्स्योरेन्सले बिमा समितिले तोकेको चुक्ता पुंजी १ अर्ब पुर्याएको छ। बिगत दुई दशकदेखि नेपालको निर्जिबन बिमा व्यवसायमा सक्रिय रहँदै आएको यस कम्पनीले बिमा समितिले तोकेको समयमै तोकिएको चुक्ता पुंजी पुर्याएको हो। 

कम्पनीले गत असर २८ देखि भदौ ९ सम्म १०० बराबर १६६.६७  कित्ता अर्थात १६६.६७ प्रतिशतका दरले हकप्रद बिक्रि गरि चुक्ता पुंजी १ अर्ब २ करोड पुर्याएको हो।

कम्पनीले गत आर्थिक बर्षमा १ अर्व ३० करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ। निर्जिबन बिमा व्यवसायलाई बिस्तार गर्ने लक्ष्य सहित कम्पनीले  आफ्नो शाखा सञ्जाललाई धनगढी, नेपालगञ्ज र सुर्खेतमा समेत विस्तार गर्ने लक्ष्य लिएको छ। हाल हिमालयन जनरल इन्स्योरेन्सले १८ वटा शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।  

निर्जिवन बिमा कम्पनीमा बिमा समितिले तोकेको चुक्ता पुंजी १ अर्ब पुर्याउनेमा पहिलो कम्पनी बनेको इन्स्योरेन्सको दाबि छ। बिमा समितिले २०७५ असार मसान्तसम्म जीवन बिमा कम्पनीलाई चुक्ता पुंजी २ अर्ब र निर्जिबन बिमा कम्पनीलाई चुक्ता पुंजी १ अर्ब पुर्याउन निर्देशन दिएको छ।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved