एशियन लाईफ इन्स्योरेन्सद्वारा २ उपशाखा स्तरोन्नती, शाखाको रुपमा संचालन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 03, 2017 | 02:05:15 PM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले पाल्पामा अवस्थित उपशाखालाई स्तरोन्नती गरी कम्पनीको २४औं शाखाको रुपमा “पाल्पा शाखा कार्यालय” संचालनमा ल्याएको छ  । कम्पनीले कार्तिक १६ गते बिहिबारदेखि  संचालनमा ल्याएको हो ।

त्यसै गरी दाङ्ग जिल्लाको घोराहीमा अवस्थित उपशाखालाई स्तरोन्नती गरी यस कम्पनीको २५औं शाखाको रुपमा “घोराही शाखा कार्यालय” मिति २०७४।०७।१७ गते देखि संचालनमा ल्याएको छ । उक्त पाल्पा तथा घोराही शाखा कार्यालय यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले उद्घाटन गरेका हुन्  ।

यस कम्पनीले २५ वटा शाखा र ७० वटा उपशाखाहरु गरी जम्मा ९५ वटा शाखा तथा उपशाखा मार्फत सेवाग्राहीहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाव्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै लैजाने यस कम्पनीको लक्ष्य रहेको छ ।

कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, बाल भविष्य, बाल उमंग, सुखी जीवन, एशियन पेन्सन, जीवन रत्न, दम्पनी सुरक्षा, धन समृद्धि, सामुहिक सावधिक जीवन बीमा योजना लगायत १५ वटा बीमा योजनाहरु प्रचलनमा ल्याएको छ । साथै ग्राहकवर्गको चाहनालाई ध्यानमा राख्दै भविष्यमा अन्य योजनाहरु समेत ल्याउने यस कम्पनीको योजना रहेको छ ।

यस कम्पनीको २०७४ आषाढ मसान्तसम्म जीवन बीमाकोष रु. १० अर्ब ९ करोड, लगानी रु.९५४ करोड तथा चुक्ता पूँजी रु. ८० करोड ५५ लाख रहेको छ । निकट भविष्यमा नै कम्पनीले चुक्तापुँजीको ५०% हकप्रद शेयर जारी गर्ने प्रकृयामा रहेको छ । उक्त शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी रु. १ अर्ब २० करोड पुग्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved