नेपाल लाइफ इन्स्योरेन्सद्वारा आर्थिक पत्रकारहरुलाई साढे ७ लाख बीमाङ्कको निःशूल्क जीवन बीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 05, 2017 | 12:42:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको १७औं बार्षिकोत्सबका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नेपाल आर्थिक पत्रकार समाज सेजनमा आवद्ध कुल २५४ जना आर्थिक पत्रकारहरुलाई जनही रु.२.५० लाख बीमांङ्क रहेको “स्मार्ट जीवन बीमा” निःशुल्क प्रदान गरेको छ ।  उक्त बीमालेखमा रु २.५० लाख बराबरको दुर्घटना बीमा तथा      रु.२.५० लाख बराबरको पूर्ण अशक्तता बीमाको थप सुविधा सहित जनहि रु.७.५० लाख बीमांङ्क बराबर १ बर्षका लागि जोखिम बहन गरेको छ । 

कम्पनीको १७औं बार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा उक्त रकम बराबरको जीवन बीमा नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष गोकर्ण अवस्थीमार्फत प्रदान गरिएको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले जानकारी दिएका छन्  । 

  मुलुकमा बीमा जागरणको सामाजिक उत्तरदायित्व समेत कम्पनीको रहकोले जीवन बीमा मार्फत सामाजिक सुरक्षाको सकारात्मक सन्देश प्रदान गर्न यस प्रयासले सघाऊ पुर्याउने कम्पनीले बिश्वास लिएको छ  । 


“स्मार्ट हुनुहोस, जिम्मेवार बन्नुहोस” भन्ने मूल नारा रहेको स्मार्ट जीवन बीमा योजनाले योजनाले हरेक तह र तप्काका व्यक्तिलाई जीवन बीमामा समेट्ने गरि दैनिक रु.१० मा रु.१० लाखको जीवन बीमा गराउन सक्ने भएकोले जीवन बीमाको दायरा बिस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास समेत कम्पनीको रहेको छ  ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved